मकवानपुरमा थप २ संक्रमितको मृत्यु, ८३ जना संक्रमित थपीए

छहारी संवाददाता
२६ जेष्ठ २०७८, बुधबार २०:३१

मकवानपुरमा कोरोना संक्रमणका कारण थप २ पुरुषको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिकाका २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

हेटौंडा–१४ का ७५ बर्षका एक पुरुषको बुधबार बिहान र हेटौंडा–१८ का ७२ बर्षका अर्का पुरुषको गएराती मृत्यु भएको हो । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०८ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच बुधबार थप ८३ जनामा कोरोना पुष्टि भएको छ । १४८ जनाको पीसीआर परिक्षण गर्दा ५४ जना र ७६ जनाको एन्टीजेन परिक्षण गर्दा २९ जना गरी ८३ जनामा कोरोना पुष्टि भएको हो । योसंगै मकवानपुरमा संक्रमितको कुल संख्या ९ हजार ५ सय ७९ जना पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*