मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु , १ जना घाइते

छहारी संवाददाता
जेष्ठ २६, २०७८

चितवनमा गएराती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा गएराती ११ बजेर १० मनिटेमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० बर्षकी हस्तमाया मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३५ बर्षका फत्तेबहादुर मगर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*