विषालु च्याउ खाँदा २ जनाको मृत्यु

छहारी संवाददाता
जेष्ठ २५, २०७८

इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ ।

विषालु च्याउ खाएर बिरामी भएका इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गएको शनिवार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान राईको घरमा च्याउ पकाएर खाँदा चार जना बिरामी भएका थिए । बिरामी ३५ वर्षीय वीरमान र उहाँकी श्रीमती विष्णुकुमारीको उपचार भइरहेको इलामका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लालध्वज सुवेदीले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*