आलोचित मन्त्री महतोले भने–राष्ट्रिय एकता अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु

छहारी संवाददाता
२३ जेष्ठ २०७८, आईतवार ०९:४६

उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन्।

मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए। त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ। एमालेको माधवकुमार नेपाल खेमाले महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो।

आलोचनाको केन्द्रमा आएपछि मन्त्री महतोले शनिबार विज्ञप्ति निकालेर आफ्नो भनाई बंग्याएर अतिरञ्जित गरिएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डतामा आफ्नो प्रतिवद्धता रहेको उल्लेख गरेका हुन्।

उनले विज्ञप्तिमा भनेका छन, ‘मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरि प्रचार प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिमको अभिव्यक्ति दिएको हो।’

उनले वक्तव्यमा अघि भनेका छन्, ‘यो संविधानमा हाम्रा असन्तुष्टि सम्बोधन गर्न संशोधनको निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौँ। म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पार्न चाहन्छु।’ साभारः देशसञ्चार अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*