थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १०१ को मृत्यु

छहारी संवाददाता
जेष्ठ २१, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न ९३ वटा प्रयोगशालामा गरिएको २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्। मन्त्रालयका अनुसार आज देशभर ९७ हजार ६ सय ९९ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

पछिल्लो २४ घन्टा भित्र १०१ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७७३१ पुगेको छ। आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। यो सँगै ४७६१३० जना निको भइसकेका छन्।साभार सेतोपाटि

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*