बुधबार १०१ संक्रमितको मृत्यु, ५,३१६ जना नयाँ संक्रमित थपिए
नेपालमा बुधबार कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै ५ हजार ३ सय १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभर १६ हजार ८७८ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना कोरोना जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १ लाख १ हजार ९ सय ९३ सक्रिय संक्रमित छन् ।





