देशभर ६,४९१ जना कोरोना मुक्त हुँदा ४,७६२ जना नयाँ संक्रमित थपिए

छहारी संवाददाता
जेष्ठ १७, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना संक्रमितले कोरोना जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ । योसंगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १७ हजार ४ सय ८० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै कुल देशभर संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप १ सय १४ संक्रमितको मृत्यु भएसंगै नेपालका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*