पत्रकारलाई निःशुल्क उपचार सेवा दिने, ७ लाखसम्मको दुर्घटना बिमा गरिने

छहारी संवाददाता
जेष्ठ १५, २०७८

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार सेवा तथा ७ लाखसम्मको दुर्घटना बिमा गरिने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्ने क्रममा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नु भएको हो ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतका संस्थासंग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । यस्तै पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*