नेपालमा शुक्रबार कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु

छहारी संवाददाता
जेष्ठ १४, २०७८

नेपालमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट ९६ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या ७ हजार नाघेको छ ।

आज ९६ जना संक्रमितको मृत्यु भएसंगै यो संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो । य

सैबीच शुक्रबार ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । १९ हजार ३१३ पीसीआर परीक्षणमा ६ हजार ८ सय ५५ र ७ सय ९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*