प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

छहारी संवाददाता
जेष्ठ १४, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

शुक्रबार ९आज० अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमाथि प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुनेछ ।

अध्यादेशमार्फत बजेट ल्याउन लागेको बेला त्यसको पूर्वसन्ध्यााम प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाल्नुभएको हो । यसपालि सरकारको नीति तथा कार्यक्रम भने आएको छैन । संवैधानिक व्यवस्था अनुसार भोलि ९जेठ १५ गते० बजेट आउँदैछ । तर संसद नरहेको अवस्थामा पनि अध्यादेश मार्फत् पूर्ण बजेट नै ल्याउने तयारी भइरहेको छ । न्युज २४ अनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*