स्वतन्त्र रेडियोका अगुवा एवम् बानका अध्यक्ष न्यौपानेको निधन
व्यवसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।
न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँको ९ दिनदेखि विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
इटहरीबाट सञ्चालित रेडियो सप्तकोशीका सञ्चालक समेत रहेका न्यौपानेले नेपालमा एफ रेडियोको संस्थागत विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । न्यौपाने विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । उज्यालो अनलाइनबाट ।







