हात्तीलेट र रामनगरका स्थानीयद्वारा रेस्पोन्स टीमलाई आर्थिक सहयोग

छहारी संवाददाता
जेष्ठ १२, २०७८

भीमसेन पौडेल,

नेपाल सहित मकवानपुरमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई स्थानीय क्षेत्रबाट नै नियन्त्रण गर्न हेटौंडा -६र १७ मा गठन भएको कोभिड–१९ सामुदायिक रेन्सपोन्स कार्यदललाई सहयोग गर्ने सहयोगी हातहरूको संख्यामा वृद्धि हुदै गएका छन। यसै क्रममा बुधवार कार्यदललाई हेटौडा–६ हात्तीलेट र रामनगरका स्थानीयहरुलाई आर्थिक सहयोग गरेका छन ।

युवा परिचालन तथा स्वयसेवक उपसमितिका लक्ष्मण पौडेल, आशिष चौलागाँई, सुपेन्द्र खनाल, धनेन्द्र विष्ट र एलिस सञ्जेलको टोलीले संकलन गरेको ६८ हजार १ सय २८ रुपैयाँ कार्यदलका संयोजक एवम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईलाई हस्तान्तरण गरिएको हो । ।

यसैगरि हेटौडा–६ हातीलेट निवासी पुष्पराज पराजुलीले कार्यदललाई एक बोरा चामल उपलव्ध गराएका छन ।कार्यदलले वडा नं। ६,७, र १७ का संक्रमितको घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामाग्री प्रदान गर्नुको साथै अक्सिजन सहयोग र कोरानाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न समेत वितरण गर्दै आएको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताए ।

कार्यदलले मकवानपुरगढी स्वास्थ्य चौकी, शिखरकटेरीलाई ३ थान अक्सिजन, स्वास्थ्य सामाग्री र मकवानपुरगढी गाउँपालिकाद्वारा वडा नं। ३ मक्रान्चुलीमा सञ्चालित आईसोलेसन वार्डलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

हाल सम्म करिव ४ लाख १० हजार संकलन भएको र सहयोगीहातहरुबाट रकम आउने क्रम जारी रहेको आर्थिक तथा राहत संकलन उपसमितिका सहसंयोजक देवराज गौतमले बताएका छन। त्यसैगरी अभियानमा विदेशमा रहेका व्यक्तिहरुबाट समेत सहयोग भैरहेको कार्यदलका सदस्य उदय विडारीले बताए । रकम हस्तान्तरण कार्यक्रममा कार्यदलका सदस्य पवन दुलाल, सरिता मिश्र, सुन्दर आचार्य र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*