नेपालमा थप १९३ संक्रमितको मृत्यु, ७,६६४ जना संक्रमण मुक्त
नेपालमा कोरोना भाइरस संक्रमणबाट आइतबार थप १९३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जना संक्रमित थपिएका छन् । १८ हजार नौ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ जना र नौ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले नेपालमा १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोेना मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।





