चक्रवातको असर हटेसंगै देशका धेरै ठाउँको मौसम सफा
चक्रवातको असर हटेसंगै देशका धेरै ठाउँको मौसम सफा भएको छ ।
अबको तीन दिन तराईका जिल्लाको मौसम पूर्ण सफा रहनेछ भने भने पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महासाखाले जनाएको छ । अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली अहिले हटेसंगै आकाश खुल्न थालेको हो ।
यद्यपी पहाडी क्षेत्रमा दिउँसोपछि भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महासाखाले जनाएको छ । महासाखाका अनुसार मौसमको अन्य प्रणालीको कारण नभइ प्रि मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जनसहित हल्का वर्षा हुनेछ







