शुत्रबार देशभर थप १७७ कोरोना संक्रमितको मृत्यु, ८,६०७ संक्रमित थपिए

छहारी संवाददाता
जेष्ठ ७, २०७८

नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ । यस्तै ८ हजार ६०७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । २२ हजार ३५३ पीसीआर परीक्षण गर्दा ८,४०७ र ८७३ एन्टिजेन परीक्षण गर्दा २ सय जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*