बिहिबार थप १९० जना संक्रमितको मृत्यु, ६,५४३ संक्रमित निको भए
नेपालमा कोरोना संक्रमणबाट बिहिबार थप १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै कोरोनाका कारण ५ हजार ८ सय ४७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कुल संक्रमित ४ लाख ८८ हजार ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । ती मध्ये होम आइसोलसेसनमा १ लाख ८ हजार ३८ छन् भने स्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित रहेको मन्धालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ संक्रमित निको भएसंगै निको हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ ।





