सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते

छहारी संवाददाता
जेष्ठ ५, २०७८

पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । प्रतापपुर गाउँपालिका ६ कठहवामा गोली लागेर २२ वर्षीय अविनाश राय घाइते हुनुभएको स्थानीय बासिन्दाले बताएका छन् ।

सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई प्रहरीले रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ उद्धृत गदै उज्यालो अनलाइनले लेखेको छ ।

घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनाका बारेमा थप जानकारी लिने प्रयास भैरहेको बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*