लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प

छहारी संवाददाता
जेष्ठ ५, २०७८

लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ८ बजेर २६ मिनेटमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

बिहान पाँच बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प र पराकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, मकवानपुर, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*