बस दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु

छहारी संवाददाता
जेष्ठ ५, २०७८

नवलपरासी पश्चिममा बुधबार बिहानै बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुन मृत्यु भएको छ भने अन्य मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेकोहरुको विवरण संकलन काम भइरहेको छ । निषेधाज्ञामा पनि बसले मान्छे बोकेर ािडेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*