कलैयामा एकै परिवारका दुई बालकको घाँटी रेटी हत्या

छहारी संवाददाता
जेष्ठ ४, २०७८

बारामा एकै परिवारका दुई बालकको हत्या भएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरका अब्दुल गफारका नौ वर्षका र सात वर्षका दुईजना छोराको हत्या भएको हो ।

हिजो बेलुकी सात बजे घरबाट हराएका गफारका नौ वर्षका छोरा उसमान अन्सारी र सात वर्षका छोरा अमिन अन्सारीको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

दुवै जना बालक दाजुभाइको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराउनु भयो ।

वैदेशिक रोजगारमा रहेका गफारका दुई छोरा दुई छोरी रहेकोमा दुवै छोराको नचिनेको मानिसको समूहले हत्या गरेको हो । साभारः उज्यालो अनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*