नेपालमा थप २१४ संक्रमितको मृत्यु, ८ हजार २ सय ४७ संक्रमित थपिए

५,७६७ जना निको भएसंगै कोरोना मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुग्यो
छहारी संवाददाता
जेष्ठ ३, २०७८

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १ सय ९८ जना र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना निको भएसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिले नेपालमा १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*