आइतबार देशभर ६ हजारभन्दा धेरैले कोरोना जिते, ७,३६८ नयाँ संक्रमित

छहारी संवाददाता
जेष्ठ २, २०७८

आइतबार देशभर साढे ६ हजारभन्दा धेरै ले कोरोना जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका हुन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ५ सय ३९ जनाको पीसीआर र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा आज सक्रिय संक्रमितको संख्या १ लाख १ हजार २ सय ६३ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*