नेपालमा आइतबार थप १४५ संक्रमितको मृत्यु, ७ हजार ३ सय ६८ जना नयाँ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमणबाट आइतबार १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा गर्दा ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।





