विराटनगरमा १३ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु
विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो ।
शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान ४ बजेसम्म यी संक्रमितहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।





