प्रजा बस्तीका ४० घरधुरीलाई खाद्यान्न सहयोग
सामाजिक सहयोगी मञ्जु धमलाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । मकवानपुरको मनहरी गाँउपालिकाको वडा नम्बर ६ र ७ प्रजा बस्तीका ४० घरधुरीलाई चामल,दाल,तेल,नुन लगायतको खाद्यान्न सहयोग गर्नुभएको हो ।
कोरोना महामारीको कारण बिहान बेलुका छाक टार्न समस्या भएकोे खबर थाहापाएपछि केही खाद्यन्न समाग्री सहयोग गरेको धमलाले बताउनुभयो । भोक ले कोहि नमरुन् भन्ने उद्देश्यले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगका लागि आग्रह गरेको र सोही अनुरुप सहयोगीहरु मनद्धारा जुटेको रकमले खाद्यान्न सहयोग गरेको धमलाले जानकारी दिनुभयो ।
“एक जनाले सम्भव छैन तर सबै जुट्यौ भने हामीलाई हरेक काम गर्न सहज हुन्छ” धमला भन्नुहुन्छ,“ मरेर जाने यो चोलामा धेरै नभएपनि एउटा त राम्रो काम गरौँन त भन्ने सोच मानिसमा हुनुपर्छ । भनेरै अभियानमा जुटेकी हुँ । सहयोगी ईष्टमित्र, दाजुभाई, दिदीबहिनी, आमाबुवा सबैलाई मन देखिनै नमन छ ।” उहाँले अभियानमा सहयोग गर्नेहरुको साथले आफु माध्यम बन्ने अवसर मिलेकोमा अतिनै खुसी लागेको बताउनुभयो ।







