कांग्रेस उपसभापति गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन

छहारी संवाददाता
जेष्ठ १, २०७८

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

उहाँको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ । उहाँ लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

यसअघि उहाँलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्मलाको महत्वपूर्ण योगदान रहेको मुख्यसचिव पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*