हेटौंडा अस्पतालको लागि ८ थान अक्सिजन कन्सन्ट्रेटर आयो
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)मा अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर आइपुगेको छ । अक्सिजन अभावको कारणले थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताइरहेको बेला हेटौडा अस्पतालको लागि हेलिकप्टर मार्फत ८ थान अक्सिजन कन्सन्ट्रेटर र केही थान अक्सिजनसहितको सिलिन्डर आइपुगेको हो ।
अक्सिजन कन्सन्ट्रेटर के हो
अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने इन्जिनियर शिशिर जिसी बताउँछन् ।
उनका अनुसार यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ । यो आईसीयूमा उपचाररत बिरामीहरुका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ ।
उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरको विकल्प भए पनि एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ् । यस्तो अवस्थामा कन्सन्ट्रेटर सामान्य र मध्यम प्रकृतिका बिरामीहरुका लागि मात्र प्रयोग गर्न सकिन्छ । कन्सन्ट्रेटरलाई सजिलैसँग लैजान सकिने भए पनि लिक्विड अक्सिजनको जसरी एउटा निश्चित तापक्रम,भाडा र भण्डारण गर्नुपर्ने झन्झट भने हुँदैन ।
सन्दर्भ समग्री :कान्तिपुर
फोटो : प्रकाश दाहाल फेसबुक





