शुक्रबार मकवानपुरमा ६ बालबालिका सहित १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

छहारी संवाददाता
बैशाख ३१, २०७८

मकवानपुरमा शुक्रबार थप १ सय ९ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । १ सय ४३ जनाको स्वाब संकलन गरी परिक्षण गर्दा ६ जना बालबालिका सहित १ सय ९ जनामा संक्रमण पुष्टि भएका हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय १ जना रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभएको छ ।

अन्य गाउँपालिकामा मकवानपुगढी गाउँपालिकाको ३ जना,बकैया गाउँपालिकाको २ जना, कैलाश गाउँपालिकाकाको १ जना रहेका छन् । २ जना जिल्ला बाहिरका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*