हेटौंडा अस्पतालले भन्यो,“तीन घण्टाका लागि मात्रै पुग्ने अक्सिजन छ, थप संक्रमितलाई भर्ना गर्न सक्दैनौं”(विज्ञप्ति)सहित
बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)ले तीन घण्टाका लागि मात्रै अक्सिजन बाँकी रहेको बताएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले आज एक विज्ञप्ति जारी गर्दै आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि अब ३ घण्टालाई मात्र पुग्ने अक्सिजन रहेको बताएको हो ।
आवश्यक अक्सिजनको लागि अस्पतालले अन्य जिल्लाको उद्योगमा भर पर्नुपर्ने भएकाले अप्ठ्यारो परिस्थीतिको सृजना भएको विज्ञप्तिमा जनाइएको छ ।
अस्पतालले अक्सिजन अभावका कारण थप कोरोना संक्रमितको भर्ना गर्न नसकिने बताएको छ । अक्सिजन अभावको कारण बिरामीको उपचारमा पर्न गएको असुविधाप्रति व्यवस्थापन समितिले माफी मागेको छ ।






