नेपालमा २४ घण्टामा ५ हजार ५५ संक्रमित निकोः स्वास्थ्य मन्त्रालय
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ । अहिले नेपालमा १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित छन् ।
यसैबीच, बिहबार थप २१४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुने संक्रमितको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । १९ हजार चार सय ७४ जनाको पीसीआर र सात सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार एक सय ९१ पुगेको छ ।





