नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ८ हजार ९ सय ६० जना संक्रमित थपिए

छहारी संवाददाता
बैशाख ३०, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार चार सय ७४ जनाको पीसीआर र सात सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार एक सय ९१ पुगेको छ ।

आज काठमाण्डौ उपत्यकामा ३हजार ५ सय ६२ जनामा कोरोना पुष्टि भएको छ । काठमाण्डौमा २ हजार ७ सय ३३, ललितपुरमा ४ सय ८१ र भक्तपुरमा तीन सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*