बाँकेमा पछिल्लो १६ घण्टामा १० कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
बैशाख ३०, २०७८

बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार ४ बजे दिउँसोदेखि बिहीबार बिहान ८ बजेसम्म १० संक्रमितको मृत्यु भएको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृतक मध्ये ६ जना बाँके, २र२ जना बर्दिया र दाङका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बाँकेमा जिल्ला भित्र २१४ पुगेको छ भने जिल्ला बाहिरका १६३ जना कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*