नेपालमा कोरोना संक्रमणबाट मंगलबार एकै दिन २२५ जनाको मृत्यु

छहारी संवाददाता
बैशाख २८, २०७८

नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबार एकै दिन २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ४ हजार ८४ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार मात्रै नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २१ हजार ३१६ नमुना परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*