सवारी दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

छहारी संवाददाता
बैशाख २८, २०७८

सवारी दुर्घटनामा परेर सप्तरीमा मंगलबार एक दम्पतीको मृत्यु भएको छ ।

ना ६ ख ३८६१ नम्बरको मालवाहक ट्रकले साइकलमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र उहाँकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

अनियन्त्रित भएको ट्रकले मण्डल दम्पतीलाई ठक्कर दिँदा उहाँहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । शवको पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ भने ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*