आज आमाको मुख हेर्ने दिन

समाजिक संजालमा मार्फत शुभकामना दिने “ट्रेन्ड”बढ्दो
छहारी संवाददाता
२८ बैशाख २०७८, मंगलवार १२:४२

आज आमाको मुख हेर्ने दिन अर्थात् आमा खुवाउने औंशी । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्वको रुपमा मनाउने गरिन्छ । आज आमालाई मीठा मीठा खानेकुरा खान दिई,खुशी राखी श्रद्धा भक्तिसाथ यो पर्व मनाइँदैछ । आमा साथमै हुनेले आमालाई मनपर्ने परिकार,मिठाई,फलफूल,कपडा दिएर आमालाई खुशी बनाउने गर्दछन् ।

आजको दिन काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ । आमा नभएकाहरू मातातीर्थमा गइ स्नान गर्ने गर्दछन् । गत वर्ष कोरोनाको कारणले स्थगित गरिएको मेला,यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले स्थगित गरिएको छ ।

पछिल्लो समय सामाजिक संञ्जाल प्रयोगकर्ताको संख्या बढेसँगै फेसबुक,टिकटक,टवीटर लगायतका समाजिक संजालमा मार्फत आमालाई शुभकामना दिने गर्दछन् । पत्रकार,कलाकार,साहित्यकारदेखि राजनीतिकर्मीसम्मले आमाको महिमा लेखि तस्विर सहित सामाजिक संजालमा राख्ने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*