इन्द्रसरोवरमा सोमबार थप १ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमितको संख्या ४ पुग्यो

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बैशाख २७ गते सोमबार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । इन्द्रसरोवरको वडा नं. २ का ४८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा इन्द्रसरोवरका स्टाफ नर्स सरिता कार्कीले जानकारी दिइन् ।
गाउँपालिकाको वडा नं। ३ मा स्थित सिस्नेरी स्वास्थ्य चौकीमा रहेको ल्याबमा गरिएको एन्टिजेन्ट परिक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो । यसका साथै गाउँपालिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ जना पुगेको छ ।
यसअघि बैशाख २३ गते पहिलो पटक गाउँपालिकाको वडा नं।. २ स्थित आर्मी व्यारेकका ३६ वर्षिय पुरुषमा र बैशाख २६ गते वडा नं। ३ का ४४ वर्षिय महिला वडा नं। ३ कै ६७ वर्षको पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
सोमबार सम्ममा गाउँपालिका भित्रका ५ जनामा कोरोना भाइरसको एन्टिजेन परिक्षण गरिएको छ । कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै गाउँपालिकाले आइतबार नै सूचना जारी गरी आगामी वैशाख ३१ गतेसम्म गाउँपालिका भित्रका सरकारी र गैरसरकारी संघसंस्थाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।