तीन दिनको करेक्सनपछि २७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
तीन दिनको करेक्सनपछि सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ। यस दिन नेप्से सूचक २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.३५ अंकले बढेको छ।
सोमबार नेप्से सूचक सकारात्मक देखिए पनि कारोबार रकममा भने गिरावट देखिएको छ। आइतबार ५ अर्ब बढीको कारोबार भएकोमा सोमबार ४ अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको छ।
सोमबार २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा खरिद बिक्री भएको छ। यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सूचक ३.९३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक पनि २.६४ प्रतिशतले बढेको छ।







