क्याम्पा चौरमा फेला परेको शंकास्पद वस्तु बम नै भएको प्रहरीद्धारा पुष्टि

छहारी संवाददाता
२७ बैशाख २०७८, सोमबार १२:४२

हेटौंडा ५ क्याम्पाडाँडा स्थित क्याम्पाचौरमा फेला परेको शंकास्पद वस्तु बम नै भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ६ इन्च लामो उक्त बम खियाँ लागेको अवस्थामा फेला परेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले जानकारी दिनुभयो । निर्माणाधीन पिप्ले क्याम्पा खेल मैदानमा चौरको माटो सम्याउने क्रममा शंकास्पद वस्तु फेला परेपछि आफुहरुलाई खबर आएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।

फेला परेको उक्त वस्तु बम हुन सक्ने भन्दै पिप्ले क्लबका प्रतिनिधिले खबर गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोली सहित प्रनि विष्ट घटनास्थल पुग्नु भएको थियो । टोलीले बम डिस्पोज गरेको छ ।

उक्त स्थानमा २०६१ सालमा तत्कालीन माओवादी जनमुक्ती सेना र प्रहरीसँग दोहोरो भिडन्त भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*