हुप्रचौरमा वडा प्रहरी कार्यालयको भवन शिलान्यास
हेटौंडा ४ हुप्रचौरमा सोमबार वडा प्रहरी कार्यालयको भवन शिलान्यास गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले भवन शिलान्यास गर्नु भएको हो । हुप्रचौरमा डाटा सेन्टरसंगैको जग्गामा बागमती प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयको ५ करोड ६० लाख रूपैयाँको लागतमा ५ तल्ले भवन बन्न लागेको हो ।
शिलान्यास कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर,वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट लगायतको उपस्थिति रहेको थियो । प्रष्टखबरबाट ।







