प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

छहारी संवाददाता
बैशाख २६, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स (PRIN) को शेयरमूल्य समायोजन गरेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ९७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ ६ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सोही प्रयोजनार्थ इन्स्योरेन्सले आज (बैशाख २६ गते) बुकक्लोज गरेको हो। साभार :-मेरो लगानी अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*