झरनाको बकैया स्तरीय बाल साहित्य परिचालन परिचालन समिति गठन

झरना साहित्य परिवार मकवानपुरको २६५ औँ नियमित साहित्य शृङ्खलाका अवसरमा बकैया स्तरीय झरना( बकैया बाल साहित्य परिचालन समिति गठन भएको छ ।
कार्यक्रममा बकैया स्थित बालसाहित्य समितिका बालबालिकाहरुले आ(आफ्ना रचना समेत वाचन गरेका थिए ।
बकैया गाउँपालिकाभित्र रहेका बालसाहित्य समितिका गतिविधिहरुलाई प्रभावकारी बनाउनका लागि १३ सदस्यीय बाल साहित्य परिचालन समिति गठन भएको संस्थाका अध्यक्ष दिपक गौतमले जानकारी गराउनुभयो ।
झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको संयोजकत्वमा गठित झरना बाल साहित्य परिचालन समितिको अध्यक्षमा विजय दोङ र सचिवमा स्वस्तिका दाहाल रहेका छन् । परिचालन समितिका सदस्यहरुमा बकैया गाउँपालिकामा रहेका सम्पूर्ण माध्यमिक विद्यालय र आधारभुत विद्यालयहरुमा यसअघि नै गठन भएका बालसाहित्य समूहका ११ जना अध्यक्षहरु रहेको जानकारी संस्थाका सचिव मसान उपासकले गराउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै नयाँ पुस्तालाई राम्रोसँग परिचालन गर्न सके आगामी दिनमा पनि साहित्यको नेतृत्व स्थापित हुन सक्नेमा ढुक्क रहेको बताउनुभयो ।
कार्यक्रममा हरि घिमिरे, हरिवंश चौधरी, शुभलक्ष्मी प्रभा, स्वस्तिका दाहाललगायतले रचना वाचन गर्नुभएको छ । झरना साहित्यिक परिवारले “सिर्जनशील नयाँ पुस्ता निर्माण” अभियान सञ्चालन गर्दै आएको मकवानपुरको एक मात्रै साहित्यिक संस्था हो । झरना साहित्य परिवार मकवानपुरको २६५ औँ नियमित साहित्य शृङ्खलाका अवसरमा बकैया स्तरीय झरना( बकैया बाल साहित्य परिचालन समिति गठन भएको छ ।
कार्यक्रममा बकैया स्थित बालसाहित्य समितिका बालबालिकाहरुले आ(आफ्ना रचना समेत वाचन गरेका थिए ।
बकैया गाउँपालिकाभित्र रहेका बालसाहित्य समितिका गतिविधिहरुलाई प्रभावकारी बनाउनका लागि १३ सदस्यीय बाल साहित्य परिचालन समिति गठन भएको संस्थाका अध्यक्ष दिपक गौतमले जानकारी गराउनुभयो ।
झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको संयोजकत्वमा गठित झरना बाल साहित्य परिचालन समितिको अध्यक्षमा विजय दोङ र सचिवमा स्वस्तिका दाहाल रहेका छन् । परिचालन समितिका सदस्यहरुमा बकैया गाउँपालिकामा रहेका सम्पूर्ण माध्यमिक विद्यालय र आधारभुत विद्यालयहरुमा यसअघि नै गठन भएका बालसाहित्य समूहका ११ जना अध्यक्षहरु रहेको जानकारी संस्थाका सचिव मसान उपासकले गराउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै नयाँ पुस्तालाई राम्रोसँग परिचालन गर्न सके आगामी दिनमा पनि साहित्यको नेतृत्व स्थापित हुन सक्नेमा ढुक्क रहेको बताउनुभयो । कार्यक्रममा हरि घिमिरे, हरिवंश चौधरी, शुभलक्ष्मी प्रभा, स्वस्तिका दाहाललगायतले रचना वाचन गर्नुभएको छ । झरना साहित्यिक परिवारले “सिर्जनशील नयाँ पुस्ता निर्माण” अभियान सञ्चालन गर्दै आएको मकवानपुरको एक मात्रै साहित्यिक संस्था हो ।