नेपालमा २४ घण्टामा ५४ संक्रमितको मृत्यु, ९ हजार ७० जनामा संक्रमण

छहारी संवाददाता
बैशाख २३, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसंगै ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

यस्तै देशभर ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ लाख ६८ हजार पाँच सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ७ जना निको भएसंगै संख्यामुक्त हुनेको संख्या २ लाख ९२ हजार चार सय ९० पुगेको छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*