डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ

छहारी संवाददाता
बैशाख २०, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् ।

गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक अवैध सुन सहित पक्राउ परेका हुन् । स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ ।

खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्स मार्फत नेपाल आएका थिए । अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

कडा चेकजाँचका कारण ठूलो परिमाणमा सुन ल्याउन नसकेपछि तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किन लागेका विभिन्न व्यक्तिहरु प्रयोग गरेर सानो सानो परिमाणमा सुन भित्र्याउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*