लुम्बिनी प्रदेश सरकार गठनप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलको आपत्ति

छहारी संवाददाता
२० बैशाख २०७८, सोमबार १२:२०

प्रदेश सरकार गठनका क्रममा लुम्बिनी प्रदेशमा भएको घटनाप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेद्वारा जारी विज्ञप्तिमा लुम्बिनी प्रदेशमा पछिल्लो सरकार गठनको प्रक्रियाका क्रममा देखिएको ‘गैरसंवैधानिक कदम’ प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

मुख्यमन्त्री माननीय शंकर पोखरेलले दिनु भएको राजिनामा स्विकृत गरेपछि नयाँ सरकार गठन प्रक्रियालाई विधिसम्बत अघि बढाउनुपर्नेमा अल्पमतमा रहेका संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको भन्दै संसदीय दलले आपत्ति जनाएको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्विकृत भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका माननीय सदस्यहरुले बहुमत पुर्याई प्रदेश प्रमुख समक्ष सरकार निर्माणको लागि दावी गर्दा वेवास्ता गर्दै प्रदेश प्रमुखले बहुमत गुमाई सकेका नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने कार्य संविधान, संसदीय प्रक्रिया र लोकतान्त्रिक पद्धतिको बर्खिलाफ भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले जनाएको छ ।

उसले यथाशिघ्र उक्त असंवैधानिक नियुक्तिलाई बदर गर्दै बहुमतसहित प्रस्ताव गरिएका दल र संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न माग समेत गरेको छ । साभारः प्रष्टखबर अनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*