कुन कुन दिन खुल्छन् हेटौडाका बैंकहरु ? (हेर्नुहोस)

छहारी संवाददाता
२० बैशाख २०७८, सोमबार १४:५८

के तपाई आज बैंक जादै हुनुहुन्छ? तपाईले कारोबार गर्ने बैंक खुल्ला छ की छैन ? कोभिड बाट सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै हेटौडामा तल उल्लिखित दिनहरुमा मात्र बैक खुल्नहुने छन् ।

आइतबार रातीदेखि मकवानपुरमा पनि निषेधाज्ञा लागू भएको छ । मकवानपुर जिल्लामा फैलिएको दोस्रो प्रजातीको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न स्थानिय प्रशासनले गए रातीदेखि बैशाख मसान्तसम्म लक डाउन अर्थात् निषेधाज्ञा जारी गरेको हो ।

यस्तो अवस्थामा राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै सेवा दिन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिएमसिको संयुक्त बैठकले गरेको निर्णय अनुसार मकवानपुर जिल्लामा रहेका सरकारी तथा निजी बैंक हरु आलोपालो गरी हप्ताको तीन दिन खुल्ला रहने छन् । बिहान ११ बजेदेखि २ बजेसम्म बैकले सेवा प्रवाह गर्ने छन् ।

विद्युतीय कारोबार र ए.टी.एम. सेवा भने पहिले जस्तै प्रवाह रहने सनराइज बैक शाखा प्रबन्धक सुदर्शन खतीवडाले जानकारी दिनुभयों । यस्तो महामारीको समयमा सकेसम्म मोबाइल बैंकिंगको प्रयोग गर्न र किनमेल गर्दा क्यूआरकोड स्क्यानिङ प्रयोग गर्न खतीवडाले आग्रह गर्नुभएको छ । मकवानपुरमा रहेका सरकारी तथा निजी बैंकहरु लकडाउन अवधिभर आलोपालो गरी यसरी खुल्छन् ।

हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*