मकवानपुरमा चट्याङबाट एक जनाको मृत्यु,दुई घाइते

छहारी संवाददाता
बैशाख १९, २०७८

मकवानपुरमा आइतबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङबाट मकवानपुरगढी गाउँपालिका २ का २५ वर्षिय विराज वाईवाको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका वाईवाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पानी परेको बेलामा मकवानपुरगढी ६ डुम्रेकुनाका बद्री घिमिरेको गोठमा ओत लागेको अवस्थामा चट्याङ लागेको हो ।

उक्त चट्याङको प्रभावले अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका २ का बीर बहादुर वाईवा र सोही स्थानका ५६ बर्षीय बीरवल वाईवा रहेका छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्क्त रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*