मकवानपुरमा गएरातीदेखि वर्षा, किसानलाई राहत(तस्विरहरु)

फोटो पत्रकारः अनिश आयु बाबा
बैशाख १९, २०७८

देशका अधिकांश स्थानमा जस्तै मकवानपुरमा गएरातीदेखि वर्षा भइरहेको छ । आफ्नो खेतबारीमा लगाएको तरकारी र अन्नबालीमा वर्षाले फाइदा पुर्याउने भन्दै मकवानपुरका किसान खुसी भएका छन् ।

दिनभरिनै मौसम बद्ली भई रातीसम्म वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा राती अवेरसम्म मेघगर्जन र चट्याङ्गसहितको वर्षाको संभावना रहेको सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जल वाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*