कोरोना संक्रमित नगर प्रहरी हवल्दारको मृत्यु भएपछि विराटनगर महानगरपालिकाको नियमित सेवा बन्द

छहारी संवाददाता
बैशाख १९, २०७८

नगर प्रहरी हवल्दारको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले एक साताका लागि नियमित सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमित नगर प्रहरी ५७ वर्षीय सूर्य बहादुर घिमिरेको उपचारको शानिवार नेवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

नगरपालिकाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएपछि वैशाख १९ गतेदेखि २५ गतेसम्म एक साताको लागि काम बन्द गरेको महानगरपालिकाले सुचना टाँसेर जानकारी गराएको छ । कोरोना संक्रमण भएका नगर रक्षक हवल्दार होम आइसोलेसनमा बस्नु भएको थियो ।

शुक्रबार अचानक स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना हुनु भएका उहाँको उपचारको क्रममा हृदयघातका कारण मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

महानगरपालिकाबाट हुने सम्भावित उच्च जोखिम रोकथाम, न्यूनीकरण तथा नियन्नत्रणका लागि माहानगर र महानगर अन्तर्गतका सबै कार्यालयहरुबाट प्रवाह हुने स्वास्थ्य, सरसफाई, वारणयन्त्र, एम्बुलेन्स र नगरप्रहरी बाहेकका नियमित सेवा सबै बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले १८ गते राति १२ बजे देखि लागू हुने गरी विराटनगर महानगरपालिकाका बुढी गंगा गाँउपालिका, कटहरी गांउपालिका र जहदा गाँउपालिकामा निषेधाज्ञा लागू गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*