देशका अधिकांश स्थानमा वर्षा, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्ग पर्ने संभावना
आइतबार बागमती र गण्डकी प्रदेश लगायत केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिनभरि नै मौसम बद्ली हुनेछ । सोमबार पनि देशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रदेश १ बाहेक देशका धेरैजसो स्थानमा गएरातीदेखि वर्षा भइरहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ ।







