घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
आज सुनचाँदीको भाउ घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।







